राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

बामदेब गौतम राष्ट्रियसभा सदस्य मनोनित, शपथ आज ४ बजे

बिहिवार, १ आश्विन २०७७ १५:१०

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको शपथ आज साँझ ४ बजे हुने भएको छ ।

मन्त्रि परिषद बैठकको निर्णयअनुसार सरकारले उहाँको नामलाई सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज गौतमलाई राष्ट्रिय सभाका लागि मनोनित गर्नुभएको हो । राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले गौतमलाई मनोनित गर्नुभएको बताउनुभयाे ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार नेता गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिसनाका साँझ ४ बजे सिंहदरवारमा पद तथा गोपनीयताको शपथ खुवाउनु हुनेछ ।

गत सोमबार २९ गते बसेको मन्त्रि परिषदको बैठकले नेता गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

थप जानकारी