राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

देशभर आज २ हजार २० सङ्क्रमित थपिए, ७ जनाको मृत्यु

शुक्रवार, २ आश्विन २०७७ १६:४१

काठमाडौं, असाेज २ गते । नेपालमा कोरोना भाइरसका दुई हजार २० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार ४९८ वटा आरटी पीसीआर परीक्षण भएका छन् । याेसँगै नेपालमा आठ लाख ९४ हजार ३७३ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ६१ हजार ५९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमित १७ हजार ३४३ छन् । पछिल्लो २४ घण्टामा एक हजार ८७१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । याेसँगै कुल ४३ हजार ८२० पुगेकाे छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.१४ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा कुल १७ हजार ३८३ पुगेको छ । संस्थागत आइसोलेसनमा नौहजार २९५ र होम आइसोलेसनमा आठहजार ८८ रहेका छन् । क्वारेन्टिनमा सात हजार ७३६ जना छन् ।

सात जनाको मृत्यु

पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३९० पुगेको छ । मृत्युदर शुन्य दशमलब ६३ प्रतिशत रहेकाे छ ।

थप जानकारी