राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

तपाईंको राशिफल असोज ३ गते शनिबार

शनिवार, ३ आश्विन २०७७ ७:१०

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
न्यालयबाट हुने व्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुनाले खुसीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाईड्रो,पानि जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहिल्याउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउनु होला । प्रेममा धोका हुने अधिक सम्भावन रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलासी जीवन व्यातीत गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

थप जानकारी