राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

बाचा पूरा गर्न सकिएन: प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

शनिवार, ३ आश्विन २०७७ ११:२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प र विधिको शासन भएको बताएका छन् । सैनिकमञ्च, टुँडिखेलबाट देशबासीका नामम सम्बोधन गर्दै उनले हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र नभएको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिकमञ्च, टुँडिखेलबाट देशबासीका नाममा गरेको सम्बोधन

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
माननीय मन्त्रीगण,
संघिय संसदका संसदीय समितिका माननीय सभापतीहरु,
संवैधानिक निकायका पदाधिकारीहरु,
विशिष्ट अतिथिहरु,
कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु,
संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाईरहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरु,
स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !

– आज हामी छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउन यहाँ उपस्थित भएका छौं। सात दशक लामो संघर्ष र बलिदान एवं संविधान निर्माणको सन्दर्भमा बहस, विवाद र सहमतिको छ बर्ष लामो शृङ्खला पार गरी पाँच बर्ष अघि आजकै दिन हामीले संविधानसभाबाट नेपालको संविधान जारी गरेका थियौं। यस ऐतिहासिक दिनको अवसरमा सर्वप्रथम म, नेपाल सरकार तथा आफ्नो तर्फबाट मुलुक भित्र र मुलुक बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आन्दोलनको क्रममा सहादत वरण गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। जननिर्वाचित संविधानसभाद्वारा जनता आफैंले लेखेको संविधान जारी गराउने बिन्दुसम्म नेपाली राजनीतिक आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु। आन्दोलनको क्रममा बेपत्ता पारिएर, बेघरवार भएर, शारीरिक, मानसिक एवं पारिवारिक रुपमा क्षति ब्यहोरेर योगदान गर्नुहुने सम्पूर्ण देशबासीप्रति हार्दिक आदरभाव व्यक्त गर्दछु।

– हामीले विगत तीन बर्ष यता यस राष्ट्रिय दिवसलाई विभिन्न तरिकाले मनाउँदै आएका छौं। संविधान जारी भएपछि निर्वाचित सरकार सञ्चालनको पहिलो बर्ष हामीले औपचारिक कार्यक्रम गर्‍यौं। जनआकांक्षाका कुरा गर्‍यौं र त्यसलाई अघि बढाउन आधार तयार गर्‍यौं।

– गत बर्षदेखि यस राष्ट्रिय दिवसलाई औपचारिक सरकारी समारोहबाट घर/घरमा चर्चा हुने राष्ट्रिय चाडका रुपमा मनाउने प्रयास गर्‍यौं। जनआकांक्षा पूरा गर्न गरिएका कामको समीक्षा र त्यसको प्रगतिबारे चर्चा गर्‍यौं।

– यो बर्ष हामी हाम्रो सामाजिक जीवनलाई अस्तब्यस्त पार्ने र देखिनेगरी उचाई लिन लागेको हाम्रो अर्थतन्त्र र विकासको अभियानलाई गम्भीर धक्का दिने महामारी र त्यसको प्रभावका बारेमा विमर्श गर्दैछौं। महामारीले तोकिदिएको सीमाभित्र रहेर यस राष्ट्रिय दिवसको उत्सव मनाउँदै छौं। महामारीबाट भएको धनजनको क्षतिप्रति दुःख र समवेदना जनाउँदै छौं।

– कोभिड–१९ को महामारी रोकथामको लागि पहिलो पटक लकडाउन गरिएदेखि अहिलेसम्मै जनजीवन सामान्य हुन सकेको छैन। यसअवधिमा मुलुकभित्र रहनुभएका ६० हजार भन्दा बढी दिदीबहिनी तथा दाजुभाइहरु यस महामारीबाट संक्रमित भइसक्नु भएको छ। ४३ हजार भन्दा बढी संक्रमित यस अवधिमा निको भएपनि देशभित्र झण्डै चार सय र देशबाहिर विभिन्न मुलुकमा कार्यरत सयौंको संख्यामा नेपालीहरुको ज्यान यस महामारीले लिइसकेको छ। संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस महामारीबाट यति धेरै नेपालीहरुको जीवन गुमेकोमा दुःख व्यक्त गर्दछु। आफन्तको वियोगमा पीडाबोध गरिरहनु भएका स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा गहिरो समवेदना प्रकट गर्दछु।

– मानव जातिले प्राकृतिक विपत्ति भोग्दै आएको छ र हामी नेपालीले पनि हरेक बर्ष भोग्दै आएका छौं। महामारीका अतिरिक्त भूकम्प, बाढी पहिरो, हावाहुरी र आगलागीजस्ता हामीले सामना गर्दै आएका प्राकृतिक विपत्तिहरु हुन्। यसपटक अतिबृष्टिका कारण देशका विभिन्न भागमा आएको बाढी/पहिरोबाट धेरैको ज्यान गएको छ भने दर्जनौं नेपालीले त सिंगो परिवार नै गुमाउनु परेको छ। केही बस्तीहरु सखाप भएका छन्, कैयौं परिवार घरबारबिहीन हुन पुगेका छन्। महामारीबाट ज्यान गुमाउने जत्तिकै संख्यामा यी प्राकृतिक विपत्तिमा पनि नेपालीहरुको ज्यान गएको छ। यस विपत्तिबाट जीवन गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

– प्रकृतिको नियम हो, कस्तै महामारी र विपत्तिमा पनि समय रोकिंदैन। ऋृतु फेरिन्छन्। जतिसुकै पीडा वा छटपटी रहे पनि मानिसहरु जीवनलाई निरन्तरता दिन्छन्। गौरवगाथा गाउने दिन गाउँछन्, स्मरण गर्नुपर्नेहरुलाई श्रद्धापूर्वक सम्झिन्छन्। प्रतिबद्धतालाई निरन्तरता दिन्छन्, बाँकी रहेको जिम्मेवारी पूरा गर्ने प्रण गर्छन्। महामारी र विपत्तिबीच हामी यिनै शोक र संकल्पहरुबीच यसबर्षको राष्ट्रिय दिवसको उत्सवमा सरिक भइरहेका छौं।

दिदीबहिनी तथा दाजुभाइहरु,
– कोभिड–१९ एक्कासी आएको विपत्ति थियो। यस महामारीसँग सामना गर्न विश्वका कुनैपनि मुलुक तयारी अवस्थामा थिएनन्। हामी पनि थिएनौं। शुरुका दिनमा यसको प्रभाव र प्रवृत्तिका बारेमा अनुसन्धानमा संलग्न विज्ञहरुसमेत अलमलमा थिए। अफवाह थिए, आशंका र आतङ्क थिए। कोही लकडाउनको पक्षमा थिए, कोही विपक्षमा। कसरी सर्छ, कसरी फैलिन्छ, कसरी रोकथाम हुन्छ, कहिलेसम्म यसको कहर कायम रहन्छजस्ता विषयमा अडकलबाजीहरु धेरै थिए। यहाँसम्म कि कोरोना महामारी हो कि व्याधी भन्नेमा समेत बहस भएका थिए।

– हामीले गत सालको चैत ११ गते पहिलो पटक लकडाउन गर्‍यौं, छिमेकी मुलुक भारतमा भन्दा एक दिन अघि। त्यस बखत हामीकहाँ संक्रमितहरुका २ वटा मात्र केस पहिचान भएका थिए। छिमेकी चीनमा यो महामारी नियन्त्रणमा आइसकेको थियो, छिमेकी भारतमा संक्रमितको संख्या ३ अङ्कमा सीमित थियो। त्यतिबेला विश्वस्तरमा नै मास्कसहित आवश्यक स्वास्थ्य सामग्रीको अभाव थियो। अभाव मात्रै होइन, हाहाकार नै थियो। अहिले विश्वकै स्वास्थ्य सामग्रीको प्रमुख स्रोत मुलुक मानिएको चीनमा समेत शुरुका दिनमा सर्जिकल मास्कको समेत अभाव थियो। हुने वा कम हुने छिमेकीहरुले जे जति छ, त्यति सर्जिकल मास्क ऐक्यबद्धता स्वरुप पठाई रहेका थिए।

– आपतमा अत्तालिने र समयक्रममा बिर्सने मानवीय स्वभावलाई ध्यानमा राखी म त्यतिबेलाको अवस्था स्मरण गर्न यी बिषयमा चर्चा गरिरहेको छु। त्यतिबेला हामीमध्ये केही अलिक आत्तिएका थियौं, थोरै केही हुन्न भन्नेमा पनि थियौं। समग्रमा जनताको सुझबुझपूर्ण सहयोगमा कोरानालाई तह लगाउन सकिनेमा हामी विश्वस्त थियौं। हामीले लकडाउन गर्‍यौं। सर्वपक्षीय सल्लाह गर्‍यौं, सल्लाहमै रोकथाम, नियन्त्रण र उपचारको लागि क्षमताले भएसम्मका उपायहरु अपनायौं। हामीले ‘जनताको जीवन रक्षा पहिला’ भन्ने नीति अगाडि सार्‍यौं। उपलब्ध नयाँ तथ्यका आधारमा जनतालाई सचेत पार्ने हरसंभव प्रयास गर्‍यौं। यस अवधिमा प्रधानमन्त्रीको हैसियतमा मैले पटकपटक औपचारिक सम्बोधन गरें। मृगौला प्रत्यारोपणको लागि अपरेसन थियटरमा जानुअघि र अस्पातालबाट डिस्चार्ज भएलगत्तै पनि सम्बोधन गरें। यी सबै सम्बोधनमार्पmत गरिएका काम र गर्ने कामका बारेमा आम देशबासीसँग सम्वाद गरें। सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय समयमा हात धुने मात्रै होइन, आप्mनो आन्तरिक रोग प्रतिरोधी क्षमता बृद्धि गरी सिङ्गो मुलुकलाई ‘निरोगी नेपाल अभियान’मा संलग्न हुनुपर्नेमा जोड दिएँ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सबै प्रकृतिका कामदार÷कर्मचारीहरु, तीनवटै तहमा कार्यरत जनप्रतिनिधिहरु, विज्ञहरु, राजनीतिक दल तथा आम नागरिकहरुको महामारी नियन्त्रण, रोकथाम र उपचारको यस राष्ट्रिय अभियानमा सक्रिय संलग्नता रह्यो, जुन खुशीको कुरा हो।

दिदी–बहिनी दाजुभाइहरु,
– पर्याप्तता भन्ने सापेक्षित कुरा हो। सरकारले महामारीलाई चुनौतिका रुपमा मात्रै होइन, अवसरको रुपमा समेत उपयोग गर्नेगरी चालू आर्थिक बर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको छ। डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्। कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ।

२०७६ माघ ९ गते कोभिड–१९ को पहिलो केस पहिचान हुँदा पिसिआर परीक्षण देशभित्रको प्रयोगशालामा संभव नभएकाले त्यसको नमूना विदेश पठाउनु परेको थियो। हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पिसिआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन्। परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि छ।

शुरुको समयमा प्रतिपरीक्षण लागत रु ८ हजार ५ सय थियो। हाल निजी र सरकारी दुबै प्रकृतिका प्रयोगशालाहरुमा २ हजार रुपैंयामा परीक्षण हुन थालेको छ। सिङ्गो जनसंख्याको कम्तिमा २ प्रतिशतमा पिसिआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको छ र त्यो अहिले कम हुने देखिएको छ। प्रतिदशलाखमा पिसिआर परीक्षण ३० हजार नाघेको छ।

पहिले आइसियू बेड क्षमता १ हजार ५५१ थियो, अहिले २ हजार ६०० पुर्‍याइएको छ।

पहिले भेन्टिलेटर संख्या ७७० थियो, अहिले ९०० पुर्‍याइएको छ।

पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ। प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत १०० जना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको छ। २५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टीमहरु तयारी अवस्थामा राखिएको छ।

बहुसंख्यक नेपालीहरुलाई कोभिड–१९ का लक्षण तथा हात धुने, भिडभाडबाट टाढा रहने, मास्क प्रयोग गर्नेजस्ता रोकथामका उपायहरुबारे जानकारी छ। मोवाइल रिङ्ग टोन, टोल फ्री हटलाइन फोन, वेवपोर्टल, रेडियो, टिभी, सामाजिक सञ्जाल तथा पत्रपत्रिकाका अतिरिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक ब्रिफिङबाट स्वास्थ्य जनचेतना तथा जोखिम बारेको सूचना प्रवाह गरिएको छ।

केस व्यवस्थापनका लागि आवश्यक पिपिई सहितका सामग्रीहरु उपलब्ध छन्। मास्क, सेनिटाइजर लगायत आधारभूत स्वास्थ्य उपकरणको उपलब्धता छ।

पहिले परम्परागत औषधि आदिका बारेमा द्विविधा थियो, अहिले हाम्रा जडिबुटी र परम्परागत वस्तुहरुको प्रयोगबाट आफू निको भएको भनेर कतिपय संक्रमितहरुका अनुभव पनि सुन्न थालिएको छ।

दिदी–बहिनी दाजुभाइहरु,
– गत बर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ। यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने थियो। केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुने थिए। भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो। मेलम्चीको पानी आउन थालेको हुने थियो। रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो। धरहरा निर्माणको कार्य सकिने थियो। निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो।

– विगत तीन बर्षदेखि हाम्रो अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको थियो। मानव विकास सूचकांक, व्यवसाय गर्ने

थप जानकारी