राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

रेल सञ्चालन हुन अझै दुई महिना लाग्ने

सोमवार, ५ आश्विन २०७७ ९:०३

जनकपुरधाम । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ ।

रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनले रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने छ ।

उनले रेल सञ्चालनको सुरुमा प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । रेल सञ्चालन गर्नुअघि भारतीय पक्षले तयार पारेको रेलको लिक हस्तान्तरण हुने र त्यसपछि रेल सञ्चालन हुने छ । ८४ करोड ६५ लाख रुपियाँमा जी टु जी प्रक्रियाबाट खरिद गरिएको दुईवटा रेल को २० प्रतिशत भुक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताए ।

हाल जनकपुरधामको कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने सो रेल शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आएको र परीक्षणपश्चात् शनिबार साँझ भारतको जयनगरमा रहेको नेपाल रेल्वे स्टेसनमा लगेर पार्किङ गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा धर्बेन्द्र झाले लेखेका छन्

थप जानकारी