राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २२, २०८१

बामदेवको मनोनयन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता

सोमवार, ५ आश्विन २०७७ १९:३८

काठमाडौं । राष्ट्रियसभामा मनोनित भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई संसद सदस्यका रुपमा कुनै काम गर्न रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति संविधान विपरीत रहेको भन्दै नियुक्ति बदरको मागसहित रिट दर्ता गराएका हुन्।

सर्वोच्ले उक्त रिटको सुनुवाइका लागि बुधबारका लागि पेसी समेत तोकेको छ । प्रतिनिधिसभामा हारेका व्यक्तिलाई विज्ञ समूहको कोटामा मनोनित गर्नु संविधान विपरीत रहेको भन्दै रिट दायर गरेको अधिवक्ता त्रिपाठीको भनाइ छ ।

थप जानकारी