राष्ट्र हितमा समर्पित
बिहिवार, मंसिर १८, २०७७

चीनले नेपाली भूभागमा भवनहरु बनाएको भन्ने विषयमा नेपालले पुनः जाँच गर्न सक्छ : चिनियाँ दूतावास

बुधवार, ७ आश्विन २०७७ १४:२८

काठमाडौं । चीनले नेपाल चीन सीमा क्षेत्रमा नेपाली भूभागमा भवन बनाइरहेको भन्ने सन्दर्भमा नेपालले सो विषयमा पुनः जाँच गर्न सक्ने बताएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले केही भारतीय समाचार माध्यममा नेपाल चीन सीमामा चीनले नेपाली भूभागमा केही भवनहरु बनाएको भन्ने समाचार प्रेसित भएको सन्दर्भमा एक प्रेस नोट जारी गर्दै सो कुरा जनाएको हो ।

दूतावासका प्रवक्ताद्वारा जारी प्रेस नोटमा भनिएको छ, चीन र नेपाल मित्र छिमेकी देश भएको र चीनले नेपालको सार्वाभौमिकता र भौगोलिक अखण्डतालाई सधै सम्मान गर्ने गरेको उल्लेख गर्दै मिडियामा उल्लेख भएका भवनका विषयमा चीनले आवश्यक जाँच गरेको र नेपालले पनि पुनः जाँच गर्न सक्ने उल्लेख गरिएको छ ।

दुबै देशबीच कुनै सीमा विवाद नरहेको र दुबै देशले सीमासँग सम्बन्धित विषयमा निकट संवाद कायम राखेको उल्लेख छ । नेपालकाे हुम्ला जिल्लाकाे नाम्खा गाउँपालिकाकाे लाप्चामा चीनले नेपाली भूभागमा भवनहरू बनाएकाे समाचार सार्वजनिक भएपछि चिनियाँ पक्षकाे याे प्रतिक्रिया आएको हाे ।

थप जानकारी