राष्ट्र हितमा समर्पित
सोमवार, कार्तिक १०, २०७७

विकासमा नो राजनिति,नो पुर्वाग्रह: सांसद राजेन्द्र लिङदेन

बुधवार, ७ आश्विन २०७७ २०:५७

विर्तामोड । झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङदेन नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले शुरु गरेका तथा अधुरा छोडेका दर्जनौं योजना सम्पन्न गर्न लागिपरेका छन्। सांसद लिङदेनले विकासमा नो राजनिति,नो पुर्वाग्रह समेत भनेका छन् ।

सिटौला यस अघि झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद थिए। अहिले संघीय संसदको प्रतिनिधि सभामा सोही क्षेत्रको प्रतिनिधित्व राप्रपाबाट निर्वाचित सांसद राजेन्द्र लिङदेनले गरिरहेका छन्। सिटौलाले शुरु गरेका योजनाका काम सम्पन्न गर्ने मौका आफूलाई प्राप्त भएको लिङदेनले बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेका नेता कृष्णप्रसाद सिटौला र म नेपाली राजनितिमा नितान्तै विपरित धारको प्रतिनिधित्व गर्छौं । उहाँ गणतन्त्र र धर्मनिरपेक्षताको प्रस्तावक म राजसंस्था र हिन्दुराष्ट्र पक्षधर। तर संयोगको कुरा उहाँ साँसद हुँदा सुरु भई अधुरो रहेको एउटा काम सम्पन्न गर्ने मौका मलाई प्राप्त भो।’

सांसद लिङदेन झापामा रहँदा आफ्नो निर्वाचन क्षेत्रमा रहेका निर्माणका कामको अनुगमनमा बारम्बार निस्किने गरेका छन्। झापा क्षेत्र नं ३ मा सिटौलालाई लिङदेनले प्रतिनिधि सभा सदस्यको चुनावमा हराएका हुन्।

थप जानकारी