राष्ट्र हितमा समर्पित
मङ्गलवार, कार्तिक ४, २०७७

भारतीय रेल राज्यमन्त्री अङ्गडीको कोरोनाबाट मृत्यु

बिहिवार, ८ आश्विन २०७७ ८:४७

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको मृत्यु भएको छ ।

६५ वर्षीय अङ्गडीको बुधबार एम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको भारतिय मिडियाले जनाएका छन् ।

कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । कर्नाटकका निवासी अङ्गडीको निधनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा दुख व्यक्त गरेका छन् ।

थप जानकारी