राष्ट्र हितमा समर्पित
सोमवार, कार्तिक १०, २०७७

राप्रपाद्वारा एकीकृत पार्टी दर्ता प्रक्रियाको लागि विधान मस्यौदा समिति गठन

बिहिवार, ८ आश्विन २०७७ १५:४३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विधान मस्यौदा समिति गठन गरेको छ । पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले एकीकृत पार्टी दर्ता प्रक्रियाको लागि निरञ्जन थापाको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको हो ।

पार्टीको अन्तरिक विधानलाई पार्टीको एकताको आधारपत्रको भावना समेटेर समितिलाई १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

 

समितिमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक सदस्य रहेका जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएर राप्रपा गठन गरिएपछिको पहिलो एकता महाधिवेशन आउँदो वैशाख २५देखि २८सम्म काठमाडौंमा गर्ने निर्णय राप्रपाले गरेको छ ।

 

थप जानकारी