राष्ट्र हितमा समर्पित
सोमवार, कार्तिक १०, २०७७

देशभर १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

शनिवार, १० आश्विन २०७७ १७:०६

काठमाडौं । नेपालमा शनिबार १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा संक्रमितको संख्या ७१८२१ पुगेको हो। गएको २४ घन्टामा ११४७ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म ५३ हजार १३ जना कोरोनाबाट निको भएका छन्। देशभर १८ हजार ३४१ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४६७ जनामा कोरोना देखिएको छ।

थप जानकारी