राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

देशभर हजार ५१३ मा सङ्क्रमण पुष्टि, परीक्षण दश लाख नाघ्यो

मङ्गलवार, १३ आश्विन २०७७ १७:३४

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ५१३ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्मद दश लाख नौ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ३९६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ७३१ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५५ हजार ३७१ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको निधन भएको छ ।

थप जानकारी