राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

रानीपोखरीको मन्दिरमा राखियो सुनको जलप लगाइएको गजुर

बिहिवार, १५ आश्विन २०७७ १४:४३

काठमाडौं । बिहीबार रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको गजुर स्थापना गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको गजुर आज स्थापना गरिएको हो ।

१२३ दशमलव ७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरेर बनाएको गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको छ । गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ ।

बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि आज सुनको लेपन भएको गजुर राखिएको हो । बालगोपालेश्वर मन्दिरलाई पुरानै शौलीमा अर्थात गुम्बज शैलीमा पुननिर्माण गरिएको छ ।

थप जानकारी