राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

राप्रपामा महिलालाई समान जिम्मेवारी दिन माग

शुक्रवार, १६ आश्विन २०७७ १९:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा महिलालाई पनि समान जिम्मेवारी दिन माग गरिएको छ । राप्रपाका दुई केन्द्रिय सदस्य विन्दा गिरी र दिलमाया लामाले राप्रपा अध्यक्षहरुलाई संयुक्त ज्ञापनपत्र बुझाउदै नेपालको संविधान २०७२ ले व्यवस्था गरेबमोजिम ३३ प्रतिशत महिलालाई जिम्मेवारी प्रदान गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा “एक रथको दुई पाङ्ग्रा झै जनसंख्याको हिसाबले पनि हामी महिलाको संख्या आधा रहेको छ ।
मनुस्मृतिमा भनिएको पनि छ जहाँ नारी सम्मानित हुन्छन त्यहाँ देवता पनि प्रसन्न हुन्छन । जगतजननी माता सीता, आदर्श नेपाली चेली भृकुटि, राजमाता राजेन्द्रलक्ष्मी आदि मातृशक्तिले गौरवमय ऐतिहासिक भूमिका निर्वाह गरेको र हालैको राष्ट्रिय परिप्रेक्ष्यमा समेत अन्य दलबाट राष्ट्रपति, सभामुख र अन्य महत्वपुर्ण भुमिका समेत प्रदान गरिएको छ । सनातन धर्म संस्कृति मान्ने हाम्रो दलमा महिलाहरु अपहेलित र न्युनप्रतिनिधित्व नहोस भनि नेतृत्ववर्गको ध्यानाकर्षण गर्न चाहन्छौ ।” भनिएको छ ।

ज्ञापनपत्रमा विभिन्न ८ मागहरूसमेत राखिएको छ । प्रस्तुत माग यस प्रकार रहेको छ:

१ . पार्टीको केन्द्रदेखी स्थानीय तह सम्मका पार्टी र संगठनका कार्यसमिति, कार्यसम्पादन , विभाग र पदाधिकारी सबैमा संबैधानिक ब्यबस्था अनुसार ३३% महिला सहभागिता पार्टी बिधानमै ब्यबस्था गरी त्यसलाई इमानदारीपुर्बक पालना गरियोस् ।
२. स्थानीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको चयन हुँदा सबै प्रदेश, जिल्ला ,क्षेत्र र नगरपालिकाहरु बाट ३३ % महिला अनिबार्य सहभागिता ब्यबस्था गरियोस् ।
३. महिला सशक्तीकरणको लागि पार्टीले ७७ जिल्लामा विशेष प्रशिक्षणको ब्यबस्था गर्दै मङ्सिर देखि फागुन सम्म सम्पन्न गर्ने गरियोस ।
४. पार्टीको हरेक गतिविधि हरुमा पुरुष र महिलाको बराबरी सहभागीता हुने ब्यबस्था गरियोस ।
५ . जिम्मेवारी दिने क्रममा पार्टीले एक ब्यक्ति एक पदको नीति बनाइ कार्यन्वयन गरियोस ।
६ .पार्टीले सुगम र दुर्गम क्षेत्रका कार्यकर्ताहरुको यथार्थ लेखा जोखा गरि मुल्यांकन गरियोस् ।                          ७. दुर्गम र पिछडिएका क्षेत्रमा रहेका महिला हरुलाइ उचित मुल्यांकन गरि राजनीति क्षेत्रमा अग्रसर हुने नीतिनिर्माण गरियोस् ।
८. सबै जाति जनजाति, मधेशी, दलित, पिछडाबर्ग र उत्पीडितहरुलाइ समाबेशीताको नीति बनाई ब्यबहारमा लागू गरियोस् ।

थप जानकारी