राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

बुटवलमा निषेधाज्ञा तोड्दै प्रदर्शन

आइतवार, १८ आश्विन २०७७ १२:३६

काठमाडौं । आइतबार बिहानैदेखी बुटवलमा प्रदर्शन भएको छ । बुटवलबाट दाङ राजधानी सार्न लागेको विरोधमा स्थानीयले प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका हुन् ।

प्रदेश सरकारले दाङको देउखुरी क्षेत्रमा प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव गरेपछि स्थानीयले प्रदर्शन शुरु गरेका हुन् ।

नेपाली कांग्रेस र रुपन्देहीका सामाजिक संघ संस्थाले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि शनिवार रातिदेखी नै बुटवलमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

तर आज बिहान रुपन्देहीका उद्योगी व्यवसायी संघसंस्थाले निषेधाज्ञा तोड्दै राजमार्ग क्षेत्र भएर प्रदर्शन गरेका छन् ।
उनीहरुले प्रदेश राजधानी बुटवलमा कायम गर, जनताको मत कदर गर, भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।

 

थप जानकारी