राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

राप्रपा बुटवलद्वारा मुख्यमन्त्री पोखरेलको पुत्ला दहन

मङ्गलवार, २० आश्विन २०७७ ७:२२

बुटवल । राप्रपा बुटवलले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पुत्ला दहन गरेको छ । प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको बिरोध गर्दै सोमबार साँझ मुख्यमन्त्री पोखरेलको पुत्ला दहन गरिएको राप्रपा बुटबल नगर अध्यक्ष निरज प्रताप खाँडले जानकारी दिए ।

मुख्यमन्त्रीको पुत्ला दहन साथै संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर, राजसंस्था पुर्नस्थापना गर, मुख्यमन्त्री राजिनामा गर, डा. गोविन्द केसीको माग तत्काल पुरा गर जस्ता नारा समेत लगाईएको थियो

अन्य प्रतिपक्ष दलहरुसँगै राप्रपा रुपन्देही पनि सडक आन्दोलनमा उत्रिएको छ । बुटवलका पूर्वमेयर पुनाराम पोखरेल,राप्रपाका केन्द्रीय सदस्य ईसाद आलम मिया,पूर्वकेन्द्रीय सदस्य बिष्णु कार्की, क्षेत्रीय अध्यक्ष राम बहादुर थापा लगायतका नेताहरुले कुनै पनि हालतमा प्रदेशको राजधानी बुटवलबाट सार्न नहुने बताएका छन ।
पुत्ला दहन कार्यक्रम राप्रपा बुटवल नगर अध्यक्ष खाँडको सभापतित्वमा भएको नेता लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

थप जानकारी