काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संघीयता आवाश्यक नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले पछिल्लो ५ वर्षको अनुभव र प्रदेश ५ मा हिजो मात्रै भएको ध्वंसात्मक कृयाकलापले नेपालमा संघीयता आवाश्यक नभएको प्रमाणित गरेको जनाएका छन् ।
थापाले प्रदेश ५ सभामा मंगलबार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहको ध्वंसात्मक कार्य निन्दनीय भएको उनको तर्क छ । उनले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नसमेत माग गरेका छन् ।
मंगलबार बिहान उनले लेखेका छन्, ‘५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ । यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।’