राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

प्रदेश नम्बर ५ को नाम लुम्बिनी

मङ्गलवार, २० आश्विन २०७७ १७:४६

बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय भएको हो ।

प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन् । लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

यसअघि राजधानी दाङ राख्न पक्षमा मत नदिएका कांग्रेसका १३ सांसदले पनि नाम लुम्बिनी राख्ने पक्षमा मत हालेका छन् ।

थप जानकारी