राष्ट्र हितमा समर्पित
मङ्गलवार, कार्तिक ४, २०७७

विश्वमा २४ घण्टामा थपिए तीन लाख ४४ हजारभन्दा बढी कोरोना संक्रमित

शुक्रवार, २३ आश्विन २०७७ ८:३८

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ४४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी भारतमा ७० हजार ८००, अमेरिकामा ५४ हजार, ब्रजिलमा २७ हजार र फ्रान्समा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यस्तै, बेलायतमा १७ हजार ५००, अर्जेन्टिनामा १५ हजार ४०० र रसियामा ११ हजार ४०० संक्रमित थपिएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये भारतमा एक हजार, अमेरिकामा ८७४, ब्रजिलमा ७३०, अर्जेन्टिनामा ४८४ तथा इक्वाडरमा ३९८ जनाको मृत्यु भएको हो ।

यस्तै, मेक्सिकोमा ३७८, इरानमा २३० तथा रसियामा १९१ जनाको मृत्यु भएको छ । योसहित विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० लाख ६६ हजार ३०० नाघेको छ । तीन करोड ६७ लाख ३४ हजार मानिस संक्रमित छन् । संक्रमितमध्ये दुई करोड ७६ लाख मानिस संक्रमणमुक्त भइसकेका छन् ।

थप जानकारी