राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

राप्रपामा केन्द्रीय समिति विस्तार, ४०० जना थपिए (विवरण सहित)

आइतवार, २५ आश्विन २०७७ १४:३७

२५ असोज, काठमाडौं । राप्रपाका त्रय अध्यक्षद्वारा पार्टीको विधान अनुसार मौजुदा केन्द्रीय समितिमा सदस्य संख्या थप गरि आज केन्द्रीय कार्य समिति विस्तार गरेका छन् । राप्रपा र राप्रपा (संयुक्त) को एकता पछि राप्रपाको केन्द्रीय कार्य समितिमा यो दोश्रो पटक विस्तार गरिएको हो ।

गत फागुनको तेश्रो साता ती दुई पार्टी एकता भएपछि जेठ २९ गते केन्द्रीय कार्य समिति, केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको गठन भएको थियो । पहिलो चरणमा ३२७ जना केन्द्रीय सदस्य मनोनयन भएको राप्रपामा आज ४०० जना थप गरेपछि अब केन्द्रीय सदस्यको संख्या ७२७ सदस्य भएको छ ।

पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीको आपसी छलफल र सहमतिमा केन्द्रीय कार्य समितिले पूर्णता पाएको र छिट्टै अन्य पदहरुमा पनि मनोनयन हुने राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन् । पार्टीको प्रदेश प्रमुख, कार्यसम्पादन समिति विस्तार लगायतका सबै पदहरुमा मनोनयनका लागि छलफल जारी छ, छिट्टै टुङ्गिन्छ- श्रेष्ठले भने ।

केन्द्रिय सदस्यमा मनोनयन भएकहरुको विवरण         

थप जानकारी