राष्ट्र हितमा समर्पित
मङ्गलवार, कार्तिक ४, २०७७

देशभर २,०७१ जना संक्रमित थपिँदा, १,५५२ जना निको भए

आइतवार, २५ आश्विन २०७७ १६:३५

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २,०७१ जना कोरोनाका संक्रमित थपिएका छन । योसँगै हालसम्म संक्रमितहरुको संख्या १,०७७५५ पुगेको छ । यसैगरी सकृय संक्रमितको संख्या ३१,३१५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाए अनुसार, होम आइसोलेसनमा बस्नेहरुको संख्या १७,६६६ रहेको छ भने क्वारिन्टीनमा ४,४१३ जना रहेका छन ।

यसैगरी पछिल्लो २४ घण्टामा १,५५२ जना निको भएर फर्किएका छन । योसहित हालसम्म निको हुनेहरुको संख्या ७५,८०४ पुगेको मन्त्रालयले जनाएको छ ।

थप जानकारी