राष्ट्र हितमा समर्पित
मङ्गलवार, कार्तिक ४, २०७७

देशभर ३५५६ मा संक्रमण थपिए, सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो

मङ्गलवार, २७ आश्विन २०७७ १७:३२

काठमाडौं । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ। मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।

थप जानकारी