राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

देशभर थप तीन हजार ७४९ सङ्क्रमित, कुल एक लाख २१ हजार ७४५

बिहिवार, २९ आश्विन २०७७ १७:१७

काठमाडौं, असोज २९ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ७४९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २१ हजार ७४५ जना सङ्क्रमित पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३६ हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८४ हजार ५१८ सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

थप जानकारी