राष्ट्र हितमा समर्पित
मङ्गलवार, कार्तिक ४, २०७७

घुस लिएकाे अभियोगमा उपभोक्ता समितिका अध्यक्ष राना पक्राउ

शुक्रवार, ३० आश्विन २०७७ २०:००

काठमाडौँ, असोज ३० गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।

सबडिभिजन वन कार्यालय, तारानगर कैलालीले ट्रयाक्टर चालकसहित काठ बरामद गरेका सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनी कार्यालयका रेञ्जर रामअवतार चौधरीलाई उक्त रकम दिन बिचौलियाको भूमिका निर्वाह गरेको आरोप रानालाई आयोगले लगाएको छ ।

आयोगको कञ्चनपुरबाट गएको टोलीले कैलाली, धनगढी उपमहानगरपालिका –१ को पार्क मोड भन्ने स्थानबाट बिहीबार पक्राउ गरिएको र अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो ।

आयोगले अभियुक्त रानामथि थप अनुसन्धान भइरहेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । (रासस)

थप जानकारी