काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३११४ जना कोरोनाका संक्रमित थपिएका छन् । योसँगै हालसम्म संक्रमितको संख्या १,७९६१४ पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार, देशभर सकृय संक्रमितको संख्या ३७४७६ पुगेको छ भने क्वारेन्टीनमा बस्नेहरुको संख्या १२७७ रहेको छ ।
यसैगरी विगत २४ घण्टामा जना ३१४२ संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म संक्रमणमुक्त हुनेको संख्या १,४११३४ पुगेको छ ।