राष्ट्र हितमा समर्पित
शुक्रवार, फागुन २१, २०७७

वर्तमान सरकारले नेपाली चलचित्र क्षेत्रको अस्तित्व स्विकारेनन्: प्रदीप उदय

शुक्रवार, १२ मंसिर २०७७ २०:१०

काठमाडौं । नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष तथा निर्माता प्रदिप कुमार उदयले नेपाली सिने क्षेत्रको अस्तित्व मेटिने चिन्ता व्यक्त गरेका छन् । कोरोना कहरको कारण ठप्प भएको सिने क्षेत्र लामो समयसम्म चलायमान हुन नसकेको भन्दै सिनेकर्मीले समयमै ठोस कदम नचाले सिनेमा क्षेत्र संकटमा पर्ने उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सिनेकर्मीलाई भलादमी भएको बताएका छन् ।

उनी लेख्छन् बर्तमान सरकारले नेपाली चलचित्र क्षेत्रको अस्तित्व स्विकारेनन् ।
शुरू देखि नै भन्दै आएको छु । यो सरकार ‘दवाव’ र ‘आन्दोलन’को भाषा मात्र बुझ्छ । अन्य सबै व्यवसायीको संगठनहरूले आन्दोलनको अल्टिमेटम दिए सरकारले तत्काल खोल्ने निर्णय गरे । तर हाम्रो क्षेत्र भलादमी…
एउटा बिज्ञप्ती मात्र पनि निकालेर अल्टिमेटम दिएको भए शायद यो सरकारले सुन्थ्यो होला । तर हामी भलादमी… सरकार भन्दिनु पर्यो चलचित्र क्षेत्रको यो मुलुकमा आवश्यकता छैन । बन्द गर्दिउ । चलचित्र संग सम्वन्धित सबै ईजाजत पत्र खारेज गर्दिउ र भन्दिउ चलचित्र क्षेत्र संग सम्वन्धित कोही पनि हाम्रो नागरिक होईन र यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व होइन । हामी चुपचाप अर्को बाटो लाग्छौ । तर हामी भलादमी…

चलचित्रकर्मी मित्रहरू कति समय भलादमी बन्ने ?
अव त जागौ । अव त आफ्नो अस्तित्वको लागी लडौ । बुझौ चलचित्र बिकास बोर्ड सरकारी निकाय हो ।बोर्डले गम्भिरतापुर्वक चलचित्र क्षेत्र खोल्ने पक्षमा लागे पनि सरकारले महत्व नदिन सक्छ । अव चलचित्र क्षेत्र संग सम्वन्धित संघसंस्था स्वयं अग्रसर रहनु पर्छ आफ्नो अस्तित्वको लागी ।नत्र दवाव र आन्दोलनको भाषा मात्र बुझ्ने सरकार हाम्रो क्षेत्रको अस्तित्व स्विकार्न तयार हुदैन ।होईन भने जसरी चलचित्र क्षेत्र मात्र लामो समयदेखि बन्द छ त्यसरी नै चलचित्र क्षेत्र संग सम्वन्धित संघसंस्था बन्द गरौ ।

थप जानकारी