राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

ग्रेटर नेपालले गर्यो चीनसँग दीर्घकालीन रक्षा सन्धिको माग

आइतवार, १४ मंसिर २०७७ १०:१७

काठमाडौं । चीनका रक्षामन्त्री जनरल वेई फेङ्हेलाई भ्ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले दीर्घकालीन रक्षा सन्धिको माग गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले विज्ञप्ति जारी गर्दै सन् १७९२ मा भएको बेत्रावती सन्धिको धारा ५ मा नेपाललाई बाह्य मुलुकले आक्रमण गरेमा त्यसलाई विफल पार्न चीनले कुनै कसर बाँकी राख्नेछैन भन्ने दृढतालाई समय सान्दर्भिक पारी दुई मुलुकबीचको सुरक्षालाई थप मजबुत बनाउन भन्दै रक्षासन्धि गर्नु बताएका छन् ।

अध्यक्ष नेपालले दुई देशबीछ परम्परागत सुमधुर सम्बन्धका पृष्ठभूमिमा नेपालले अपनाउँदै आएको एकचीन नीति चीनको भौगोलिक अखण्डता र एकताप्रति नेपालको सम्मान हो र यसको निरन्तरतामा मात्रै दुवै देशको हित हुने भएकालेे ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा एकचीन नीतिको दृढतापूर्वक समर्थन र सम्मान गरेको बताएका छन् ।

जारी विज्ञप्तिमा नेपालले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री जनरल वेई फेङ्हेको भोलि मङ्सिर १४ गते हुने औपचारिक भ्रमणप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा गम्भीर उत्सुकता र प्रसन्नता व्यक्त गर्दै चिनियाँ रक्षामन्त्रीको हार्दिक स्वागत समेत गरेको छ ।

थप जानकारी