राष्ट्र हितमा समर्पित
बुधवार, माघ १४, २०७७

हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै हेटौंडामा पनि र्‍याली

आइतवार, १४ मंसिर २०७७ १८:२८

काठमाडौं । हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै आइतबार हेटौंडामा र्या‍ली निकालिएको छ । राप्रपा, शिव सेना नेपाल, नेपाल हिन्दु समाजलगायतले २०४७ को संविधान पुनः स्थापनाको माग गर्दै र्‍याली निकालिएको हो ।

हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो । देशव्यापी अभियनको क्रममा राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि र्‍याली आयोजना गरिएको अभियानका संयोजक किशोरी महतोले बताए ।

र्‍यालीमा सहभागिले राजा आऊ देश बचाऊ, २०४७ सालको संविधान पुर्नस्थापना गर, गणतन्त्र खारेज गर लगायतका नारा लगाएका थिए । विगतका केही दिनदेखि देशका विभिन्न ठाउँमा राजा र राजतन्त्रको समर्थनमा र्या‍ली जुलुस निकालिंदै आएको छ ।

थप जानकारी