राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २५, २०८०

रेशमलाल चौधरीलाई जन्मकैद हुनेगरी सुनाएको फैसला उच्च अदालतबाट पनि सदर

शुक्रवार, ३ पौष २०७७ ८:४७

काठमाडौं । उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीलाई यसअघि जिल्ला अदालत कैलालीले जन्मकैद हुनेगरी सुनाएको फैसलालाई सदर गरेको छ ।

बिहीबार अदालतका न्यायाधीश द्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलास (इजलास नम्बर २ ) ले चौधरीलाई जन्मकैदको फैसलालाई सदर गरेको हो ।

२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको हत्या भएको थियो । ८ जनाको हत्या गरिएको घटनाको मुख्य योजनाकार रहेको रेशम चौधरीलाई ठहर गर्दै अदालतले जन्मकदैको फैसला गरेको हो ।

थप जानकारी