राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ७, २०७८

राप्रपाका नेता लिङ्देन अस्पतालबाट डिस्चार्ज

आइतवार, ५ पौष २०७७ १८:२५

काठमाडौँ । राप्रपाका नेता तथा विघटित प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ललितपुरको मिडिसिटी अस्पतालमा करिब ११ दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएका हुन्।

निमोनियाका कारण सिकिस्त भएपछि उनलाई झापाबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
उनले आफूले उपचार गराएका झापा र काठमाडौंका अस्पतालहरूलाई धन्यवाद दिएका छन् ।
लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, “केही दिनको अस्पताल बसाइपछि आज घर फर्केको छु । मेरो स्वास्थ्य उपचारमा संलग्न कञ्चनजंघा अस्पताल, विएण्डसी र विशेषगरी मेडिसिटी अस्पतालप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य अवस्थाबारे असाध्यै चिन्ता, चासो र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्दछु ।”

थप जानकारी