राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ७, २०७८

हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै राप्रपा काठमाडौंको ज्ञापनपत्र

आइतवार, १२ पौष २०७७ २०:२५

काठमाण्डौ । हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति काठमाण्डौले आज काठमाण्डौ जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा पार्टी जिल्ला अध्यक्ष नवराज सिंखडाले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र वाचन गरेर सुनाएका थिए । काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले ज्ञापन पत्र बुझे पछि आफुले आज नै उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरवार पठाउने जनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाण्डौ जिल्ला कार्य समितिले र्याली सहित ज्ञापनपत्र बुझाउन पुगेको थियो । जिल्ला प्रशासन कार्यलय अगाडी मुख्य सडकमा पुगेर अध्यक्ष सहित केहि नेता कार्यकर्ताहरु ज्ञापन पत्र बुझाउन गएका थिए भने अन्य नेता कार्यकर्ताहरुले भेलालाई सम्बोधन गरेका थिए ।

थप जानकारी