राष्ट्र हितमा समर्पित
बुधवार, माघ १४, २०७७

‘हाम्रो राजनीति कति जनहित अनुकुल छ त्यसको समिक्षा गर्न ढिला भैसकेको छ’ : राजा ज्ञानेन्द्र शाह

सोमवार, २७ पौष २०७७ ८:३९

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले हाम्रो राजनीति कति जनहितमा छ त्यसको समिक्षा गर्न ढिला भईसकेको बताएका छन । २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार साँझ एक सन्देश प्रकाशित गर्दै उनले भनेका छन,‘हाम्रा निम्ति देश र जनताको हित नै सर्वौपरि रहँदै आएको छ । हाम्रो बिचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकुल छ त्यसको समिक्षा हुन अब बिलम्ब भैसकेको छ ।’

यसैगरी उनले परिवर्तनको नाममा परायाको इच्छा पूरा गर्न आफ्नो धर्म, संस्कति र एकता भत्काउने काम समेत भएको उल्लेख गरेका छन । सन्देशमा भनिएको छ– ‘परिवर्तनका नाममा आफ्नो इतिहास,सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित कृयाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नु परेको छ ।’

राजाले आज पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको महशूस हामी सबैले गरेको उल्लेख गरेका छन ।

राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनु पर्ने पूर्वराजाको सुझाव छ । यसको औचित्य हिजो, आज र भविष्यमा पनि रहने उनले सन्देशमा उल्लेख गरेका छन ।

थप जानकारी