राष्ट्र हितमा समर्पित
बुधवार, माघ १४, २०७७

नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९२७ पुग्यो

सोमवार, २७ पौष २०७७ २०:५४

काठमाडौं, पुस २७ गते । नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९२७ पुगेको छ । त्यस्तै कोरोना भाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार २६८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ३७३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा ५२७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५८ हजार ९६८ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयले हालसम्म १९ लाख ८७ हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको मृत्यु भएको छ । २३७ जना क्वारेन्टिनमा र चार हजार ३७३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

थप जानकारी