राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ७, २०७८

पृथ्वीनारायण शाहलाई कदर गर्न खोज्दा सरकारको दमन

सोमवार, २७ पौष २०७७ २१:२७

काठमाडौं । पृथ्वीजयन्तीका अवसरमा सोमबार काठमाडौको केन्द्र सिंहदरबारमा निस्किएको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । साेमबार राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा सहित अन्य राजावादी संघसंस्थाहरुले सिंहदरबार पश्चिम गेटमा रहेकाे पृथ्वीनारायण शाहकाे शालिकमा माल्यार्पण गर्न खाेज्दा प्रहरीले लाठिचार्ज गरेको हो । सो क्रममा प्रहरीले रोक्दा झडप समेत भएको हो ।                                                                                                              झडपमा राप्रपा कार्यकर्ता समेत घाइते भएका छन् । पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन खोज्दा पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष राणाले सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए। उनले रास्ट्र निर्माता पृथ्वी नारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् ।
मुलुकमाथि अत्याचार भएको भन्दै उनले अन्याय र अत्याचार विरुद्ध राप्रपा बिरोधमा उत्रिने बताए। नेपालमा हिन्दु धर्म पुर्नस्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको उनको भनाइ थियो ।

थप जानकारी