काठमाडौं । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल-इन्डिया संयुक्त आयोगको बैठकमा भाग लिन गएकै दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल र इन्डियाका विदेश मन्त्रीलाई एउटै बेहोराको ४ बुँदे ज्ञापनपत्र मेल गरेर पठाएको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पठाएको ज्ञापनपत्रमा मुख्य रूपमा महाकाली नदीको पश्चिमी किनारमा इन्डियाले तटबन्ध निर्माण सुरु गरेकोमा त्यो क्षेत्र नेपालको भएको हुँदा तत्काल यसलाई रोक्नुपर्ने माग गरिएको छ ।
२०७० सालमा आएको ठूलो बाढीका कारण काली नदीले धार परिवर्तन गर्दा काली पूर्वको नेपाली जमिन पश्चिमतर्फ परे पनि नेपाल र इन्डियाले स्थिर सीमा सिद्धान्त अपनाएका हुँदा त्यो जमिनमा नेपालको सार्वभौमसत्ता स्थापित भइरहेकोले नेपालले सुगौली सन्धिकालीन नक्साका आधारमा आफ्ना कुरा इन्डियासँग राख्नुपर्छ भन्ने तर्क ज्ञापनपत्रमा गरिएको छ ।