राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

गणतन्त्रका संवाहकको आरोप प्रत्यारोपले जनतामा वितृष्णा पैदा गर्यो : कमल थापा

शनिवार, ३ माघ २०७७ १४:०१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनतामा राजनीतिक प्रणालीमाथी नै वितृष्णा पैदा भएको टिप्पणी गरेका छन् ।

अहिले प्रमुख दलहरूमा चलिरहेको आरोप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले गणतन्त्र र संघियताका संवाहकहरूको शैली र स्तरले राजनीतिक प्रणालीमाथी जनतामा वितृष्णा पैदा गरेको उल्लेख गरेका हुन् ।

‘गणतन्त्र,धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा/शैली/स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा/घृणा पैदा गरेको छ । स्वार्थगत आधारमा संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेछन्,’ थापाले लेखेका छन् ।

थप जानकारी