राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

म मर्छु तर अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड नपुगेको इन्डियाली खोप लगाउँदिनँ: फणीन्द्र नेपाल

बिहिवार, ८ माघ २०७७ २२:०५

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले कोभिड-१९ को इन्डियाली खोप नलगाउने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै नेपालले म मर्छु तर कोभिड-१९ को इन्डियाली खोप लगाउँदिनँ , बरु बेसारपानी खाइरहन्छु भनी लेखेका छन् ।

फणीन्द्र नेपाल यसो भन्छन्, जस्ताको त्यस्तै:

इन्डियाले दुईवटा कारणले नि:शुल्क रूपमा नेपाललाई खोप उपलब्ध गराएको हो :
१. अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड नपुगेको यो इन्डियाली खोपको निर्बाध परीक्षण नेपाली जनतामै होअोस् भनेर दिइएको हो ।
२. इन्डियाले मिचेको नेपाली भूमि र महाकाली नदीमा एकपक्षीय रूपमा बनाइरहेको तटबन्ध विरुद्ध दानमा पाएको खोपको भारीले थिचिएर नेपालले कुनै विरोधी अावाज उठाउन नसकोस् भनेर ।

थप जानकारी