राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

संसद विघटन गरेर प्रधानमन्त्रीले शक्ति पृथकीकरण विरुद्धको कार्य गरेका छन् : वरिष्ठ अधिवक्ता घिमिरे

बिहिवार, १५ माघ २०७७ १६:०४

काठमाडौं । वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले संसद विघटन गरेर प्रधानमन्त्रीले शक्ति पृथकीकरण विरुद्धको कार्य गरेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा सर्वोच्च अदालतमा बिहीबार संवैधानिक इजलासमा बहस गर्दै बरिष्ठ अधिवक्ता घिमिरेले संसद विघटन गरेर प्रधानमन्त्रीले शक्ति पृथकीकरण विरुद्धको कार्य गरेको बताएका छन् ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीद्वारा गरिएको संसद विघटनको सिफारिस नै असंवैधानिक भएको भन्दै संविधानको धारा ७६ ले वर्तमान प्रधानमन्त्रीलाई केवल दुईवटा विकल्प प्रदान गरेको, एउटा राजिनामा दिने, अर्को संविधानको धारा १०० अनुसार प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने घिमिरेले वताए ।

नेपालको संविधानको धारा ७६ आफैमा स्वतन्त्र धारा होइन, यस धाराको प्रयोगलाई धारा १०० को उपधाराको (१) र (२) संग जोडेर हेर्नुपर्ने घिमिरेको दाबी थियो ।

विगतमा भएका संसद विघटनहरुको मुद्दामा सम्मानित सर्वोच्च अदालतले प्रतिपादन गरेकै सिद्धान्तको आधारमा संविधानको धारा ७६ जन्मेको र यसको व्यवस्था संसदलाई स्थिर बनाउनको लागि भएको घिमिरेले बताए ।

घिमिरेले भने, “राष्ट्रपतिले संसद विघटन गर्नु अगाडि अन्य सरकारहरु बन्न सक्ने विकल्प थियो कि थिएन भनेर हेर्नुपर्ने थियो । प्रधानमन्त्रीले कार्यपालिका प्रतिको जवाफदेहिता पालान गर्नुपर्छ । सम्मानित अदालतले प्रधानमन्त्रीले विशेषाधिकार प्रयोग गर्दा सहि रुपमा भए नभएको भनेर हेर्नु पर्दछ । संविधानको व्याख्या गर्दा संवैधानिक मनसाय, लेखिदाको अवस्था र संविधान निर्माण हुँदाको तत्कालिन समयलाई समेत विचार गरेर व्याख्या गर्नुपर्दछ ।”

घिमिरेले प्रधानमन्त्रीले संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गर्दा परम्परालाई आधार मानेको बताएका छन्। घिमिरेले त्यस्तो गर्न नमिल्ने बताए। यति ठूलो निर्णय गर्दा कसैलाई नसोधेकोमा पनि बरिष्ठ अधिवक्ता घिमिरेले प्रधानमन्त्रीको आलोचना गरे।

साथै प्रधानमन्त्रीले लिखित जवाफमा गरेको परम्पराका कुराले आफूलाइ अन्जु पन्तको गीत याद आएको बताए। “नविर्से तिमिलाई नपाए तिमिलाई” भन्ने अन्जु पन्तको गितको उदाहरण दिदै प्रतिनिधि सभा विघटनले संविधान सभाद्वारा निर्माण गरिएको संविधान निल्नु न उकल्नुको अवस्थामा पुगेको घिमिरेको दाबी थियो ।

थप जानकारी