राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

आज शहीद दिवस, शहीदको सम्झना गरिँदै मनाइँदै

शुक्रवार, १६ माघ २०७७ ९:०५

काठमाडौं । आज माघ १६ गते प्रत्येक बर्ष राष्ट्रियता र प्रजातन्त्रको लागि जिवन आहुती गर्ने शहिदको स्मरण र सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदै छ ।

नेपाली जनताको अधिकार र स्वतन्त्रताको लागी प्रजातान्त्रिक आन्दोलनमा जीवनको वलिदान गरेका वीर सहिदहरुलाई प्रत्येक वर्ष आजकै दिन स्मरण गरिन्छ ।

नेपालमा ४ जना वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको जीवन वलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा यो साता शहीद सप्ताहको रूपमा मनाइएको हो ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

शहीद दिवशको अवसरमा दिने गरिएको सार्वजनिक बिदा भने केन्द्र सरकारले कटौती गरेको छ ।

थप जानकारी