राष्ट्र हितमा समर्पित
शुक्रवार, फागुन २१, २०७७

जापानीज पासपोट बाहक तेन्जिन सिमिजुको ठगी धन्दा

शनिवार, २४ माघ २०७७ ८:३६

काठमाडौं । आफुलाई जापनीज नागरिक हुँ भन्दै हिड्ने तेन्जिन सिमिजु भन्ने तेन्जिन तण्डुप गुरुङले नेपाली नगरिकहरुलाई ठगी गर्दै हिडेको बताइन्छ । तेन्जिनले आफुले आफैंलाई कहिले जापानीज त कहिले नेपाली भएको बताउँदैआएका छन् । उनले जापानीज पासपोट नं. TK 4126058 समेत धारण गरेका छन् । ठगी गरेको आरोपमा तेन्जिनविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दासमेत विचाराधीन अवस्थामा रहेको बताइन्छ ।

सिमिजु तेन्जिनले नेपालको एक प्रतिष्ठित व्यवसायी तथा कमलासी होटलका संचालक रिन्छेक स्याङ्बो शेर्पालाई होटल संचालन गर्न भनी करोडौं रुपैयाँ लगानी गराई आफुले लगानी गर्न कबुलेको रकमसमेत चुक्ता नगरी, नक्कली बिल भौचरहरु देखाई रकम असुल गर्न खोजेका आरोप छ । तेन्जिन होटल कमलाशी प्यालेस दर्ता गर्दा साझेदारीमा आफुले ५० प्रतिशत लगानी गर्ने कबुलेका थिए तर उनले उक्त कबुल गरेका रकम चुक्ता नगरी होटल निर्माणको क्रममा विभिन्न देशबाट भित्राएका सरसामानको नक्कली बील पेश गरेर रकम असुल गर्न खोजेको होटेलका अर्का संचालक रिन्छेक स्याङ्बो शेर्पा बताउछन् । उनले तेन्जिनसित सामानको भ्याट बिल माग्दा ज्यान मार्ने धम्कीसमेत दिने गरेको बताउँदै आएका छन् । सुरुबाटै शेर्पाले एलसी खोलेर मात्रै सरसामान ल्याउनु, भ्याट बिल पेश गर्नु, कम्पनीको पुजी चुक्ता गर्नु भन्दैआएको नमानी विवाद शुरु गरेको उनको दावी रहेको छ ।

शेर्पाका अनुसार करोडौंको लगानी भएको होटल विवादका कारण हाल बन्द हुने अवस्थामा पुगेको छ । होटेलले हालसम्म जग्गाको भाडा समेत तिरेको छैन भने कर्मचारीहरुको तलबसमेत बुझाएको छैन । तेन्जिनले आफू होटलको एकल संचालक हो भन्दै कर्मचारी नियुक्त गरेका थिए । होटलको कार्यकारी भएर होटलमा लापरबाही गर्न थालेपछि विवाद बढेको थियो ।

तेन्जिनले आफू २ सय करोडको व्यापार गर्ने बताउदैँ विश्वासमा पारी होटलमा लगानी गर्न लगाएका शेर्पा बताउछन् । शेर्पाका अनुसार होटलमा लगानी गरे पश्चात तेन्जिनले आफू ठगीमा परेको झुठो व्यहोरा बनाई प्रहरीमा जाहेरीसमेत दर्ता गराई काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत चलाएका बताउछन् । कम्पनीको विवादलाई कम्पनी ऐन २०६३ बमोजिम नै गर्नुपर्नेमा प्रहरीले समेत तेन्जिनलाई नै सघाएको उनको आरोप छ ।

कम्पनी ऐन २०६३ को दफा १३८, दफा १३९, दफा १५९ अनुसार कम्पनीको विवादको विषयमा यसै ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन सकिने तथा ऐनका विभिन्न दफाहरुमा अदालतमा उजूरी वा निवेदन दिन सकिने भनी उल्लेख भएको विषय र बिगो क्षतिपूर्ति भराउने लगायतको विषयमा कारबाही तथा किनारा गर्ने अधिकार अदालतलाई हुनेछ भनिएको छ । अदालतले यस ऐन बमोजिम मुद्दाको कारबाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ को कार्यविधि अपनाउनु पर्नेछ” भनिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ५ ले कुनै खास कामलाई कुनै विशेष ऐनद्वारा छुट्टै कसूर मानी सजाय गर्ने व्यवस्था भएको रहेछ भने त्यस्तो कसूरका सम्बन्धमा सोही ऐन लागू हुनेछ भनी उल्लेख गरेको छ । यसरी कानुनले स्पष्ट रूपमा नै कम्पनी सम्बन्धि विवादलाई कम्पनी ऐन २०६३ बाट नै हेरिनु पर्ने व्यवस्था गरेको अवस्थामा प्रहरीले प्रभावमा परि ठगी दर्ता गरि आफुलाई दुख दिएको शेर्पाको आरोप छ । यदि तेन्जिन शेर्पाको कारण अन्यायमा परेका छन् भने पनि वैध रूपमा कानुनी उपचारका लागि कानुनले देखाएको बाटोमा जानुपर्ने हुन्छ । कम्पनी ऐन हुँदा हुँदै फौजदारी संहित अनुसार कारबाही प्रक्रिया अघि बढाउन मिल्ने थिएन तर विधि र कानुन विपरित शेर्पालाई ठगी मुद्दा चलाइएको छ र हाल उनी विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको शेर्पा बताउछन् ।

तेन्जिन आफैंले कानुन विपरित गई होटललाई क्षति पुर्‍याउन खोजेको अवस्थामा प्रहरीबाट संरक्षण हुनुपर्नेमा आफूलाई नै प्रहरीले सताउने गरेकोमा शेर्पाले दुख व्यक्त गरेका छन् । तेन्जिन विभिन्न कारण देखाई गुण्डा लिई कमलासी होटलमा गई धम्की दिने गर्दैआएको शेर्पाको आरोप छ ।

तेन्जिनले अर्का नेपाली नागरिक लाक्पा छोन्जोम गुरुङलाई पनि जापानमा लगानी गराई फाइदा दिन्छु भन्दै २ करोड ठगी गरेको आरोप लागेको छ । सिमिजु तेन्जिन र उनको पत्नी मुत्सुमी सिमिजुले गुरुङलाई ठगी गरेको आरोपमा प्रहरीमा जाहेरीसमेत दर्ता गराएकी थिइन । तेन्जिनले गुरुङलाई हिटा हेभी मशिनरी एण्ड रिसाईकल प्रा.लिको झुठो कागज तयार पारी प्रभावमा परेका थिए । दुबै श्रीमान् श्रीमती विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको थिए । उक्त मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको बताईन्छ ।

तेन्जिनले २०६२ जेठ २ डोल्पा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए । उनको नेपाली नागरिकतामा पूरा नाम तेन्जिन तण्डुप गुरुङ रहेको छ भने गैर आवासीय नेपालीको परिचय पत्रमा भने उनको नाम तेन्जीन सिमिजु रहेको छ । आफ्नो दुईवटा परिचय बोकेर हिडेका तेन्जिन हाल आफै अन्यायमा परेको भन्दै प्रहरीमा धाउन थालेका छन् ।

थप जानकारी