राष्ट्र हितमा समर्पित
शुक्रवार, फागुन २१, २०७७

ग्रेटर नेपाल अभियानको प्रशंसा गरेकोमा प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त

बिहिवार, २९ माघ २०७७ २१:४०

काठमाडौं । यही माघ २५ गते नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा टिस्टा-सतलजको अभियानको प्रशंसा गर्नुभएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज अपरान्ह करिब ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद तथा कृतज्ञता ज्ञापनपत्र बुझाएको छ ।

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा यही माघ २५ गते आयोजित `नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू´ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले `… नेपालले आफूलाई पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्मको विस्तार र यो ट्रेलको सुरुवात भएको छ, यो प्रशंसायोग्य छ ।´भनी बोल्नुभएको थियो ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा कृतज्ञतापत्र बुझाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै चन्द्रशम्शेरपछि पहिलोपटक केपी शर्मा अोलीले सुगौली सन्धिका कारणबाट गुमेको १००००० वर्ग किलोमिटर भूमि फिर्ता गर्ने हाम्रो आन्दोलनको प्रशंसा गरेको विषय आफैमा महत्त्वपूर्ण , साहसिक र दूरदर्शी भएको बताएका छन् । उनले भनेका छन् , `प्रधानमन्त्रीले सुगौली सन्धिविरुद्ध शालीनतापूर्वक बोल्नु ऐतिहासिक घटना हो ।´

थप जानकारी