राष्ट्र हितमा समर्पित
शुक्रवार, फागुन २१, २०७७

कमल थापाले भने – “अदालतले विघटन सदर गरे चुनावको तयारी गर्नुस्”

सोमवार, ३ फागुन २०७७ १९:०१

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण,जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए।

नेपालि समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतीको जगमा खडा भएको छ भन्दै थापाले
मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आबश्यक रहेको चर्चा गरे।

कोहि कसैसँग डराउन नपरेपछी भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिबर्तन र सर्बसत्ताबाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे। कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए ।

थप जानकारी