राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

घट्यो सुनचाँदीको मूल्य

बुधवार, १२ फागुन २०७७ १२:५६

काठमाडौँ, फागुन १२ गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सयले ओरालो लागेको छ । तोलामा नै एघार सयले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार एक सयमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन मङ्गलबार तोलामा ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा १५ ले घटेको छ । एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।

थप जानकारी