राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २५, २०८०

तेन्जिन तण्डुप गुरुङ नामका गैरआवासीय नेपालीद्वारा करोडौंको ठगी

शनिवार, १५ फागुन २०७७ २२:१०

काठमाडौं । जापनीज नागरिक सिमिजु तेन्जिन भन्ने तेन्जिन तण्डुप गुरुङले नेपाली नागरिक लाक्पा छोन्जोम गुरुङलाई जापानमा लगानी गराई फाइदा दिन्छु भन्दै २ करोड भन्दा धेरै रकम ठगी गरेका छन् ।

तेन्जिन र उनको पत्नी मुत्सुमी सिमिजुले गुरुङलाई ठगी गरेको आरोपमा छोन्जोम गुरुङले प्रहरीमा जाहेरीसमेत दर्ता गराएकी थिइन । तेन्जिनले गुरुङलाई हिटा हेभी मशिनरी एण्ड रिसाईकल प्रा.लिको झुठो कागज तयार पारी प्रभावमा परेका थिए । दुबै श्रीमान् श्रीमती काठमाडौं जिल्ला अदालतको आदेशले धरौटी तारेखमा रहेका छन् ।

तेन्जिन तण्डुप गुरुङले विभिन्न प्रलोभन देखाई सो कार्यमा आफ्नी श्रीमति जापानीज नागरिक मुत्सुमी सिमिजुलाई समेत सहभागी बनाई दुई करोड पचास लाख ठगी गरेको छोन्जोम गुरुङको आरोप छ ।

हिटा हेभी मशिनरी एण्ड रिसाईकल प्रा.लिका संचालकले भने तेन्जिन तण्डुप गुरुङ उक्त कम्पनीमा नरहेको तथा निजले कम्पनीको लेटर हेडको दुरुपयोग गरि ठगी गरेको हुन सक्ने बताएका छन् । यसबारे कम्पनीले आवश्यक छानबिन शुरु गरेको र छिट्टै कानुनी प्रक्रियामा अघि बढ्ने समेत उनले बताए ।                                                                                                                   तेन्जिनले २०६२ जेठ २ डोल्पा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए । उनको नेपाली नागरिकतामा पूरा नाम तेन्जिन तण्डुप गुरुङ रहेको छ भने गैर आवासीय नेपालीको परिचय पत्रमा उनको नाम तेन्जीन सिमिजु रहेको छ । आफ्नो दुईवटा परिचय बोकेर हिडेका तेन्जिन हाल आफै अन्यायमा परेको भन्दै प्रहरीमा धाउन थालेका छन् ।

थप जानकारी