राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ७, २०७८

क्लासिक टेकको १०१ औं आउटलेट नेपालगंजमा स्थापना

आइतवार, २३ फागुन २०७७ २१:२८

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१ औं आउटलेट लुम्बिनी प्रदेशको प्रमुख बजार नेपालगंजमा स्थापना गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्नो नयाँ आउटलेट संचालनमा ल्याएको हो ।

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा नेपालगंज आउटलेट उद्घाटन गरेका थिए । आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फाईबर स्टाफ र मार्केटिंग गरेर ४५ जना स्टाफ राखिएको छ।

नेपालगंजको पुस्पलाल चोक बाट ३०० मिटर उत्तरमा संचालनमा ल्याएको नयाँ आउटलेटबाट कम्पनीले नेपालगंजका हरेक साना गाउँहरुमा आफ्नो सेवा बिस्तार गर्ने योजना  लिएको छ । यसअघिदेखि नै नेपालगंज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ । कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगंजको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् ।

आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले नयाँ शाखा संचालनमा आएसँगै नेपालगंजका ग्राहकहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने बताए । ‘अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं ।’ प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले भने । कम्पनीले धमाकेदार अफर अन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ ।

थप जानकारी