राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १९, २०७९

बम बिस्फोटको जिम्मा गोइत समूहले लियो

आइतवार, १ चैत्र २०७७ १८:२२

काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ।

मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको दाबी गरेका छन् ।

कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत उक्त समूहले दिएको छ।
उक्त परेर कार्यालयका दुई कर्मचारीसहित आठ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ।

थप जानकारी