राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ७, २०७८

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै

बुधवार, ४ चैत्र २०७७ ८:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै छ । मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।

जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ। जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो।                                                                                                     केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो। पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन्।

थप जानकारी