राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाई

शनिवार, ७ चैत्र २०७७ १६:५०

काठमाडौँ, चैत ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । उहाँले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव दिनुभयो ।

सन् २००३ देखि हिमाल आरोहण शुरु गर्नुभएकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसक्नुभएको छ । शेर्पाले यसअघि तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । (रासस)

थप जानकारी