राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

१३ बुँदे घोषणापत्र जारी गर्दै टुकोनको महाधिवेशन सम्पन्न, अध्यक्षमा हिक्मत जंग भण्डारी निर्वाचित

शनिवार, ७ चैत्र २०७७ १८:५९

काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले १३ बुँदे घोषणापत्र जारी गर्दै प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले हिक्मत जंग भण्डारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

६७ जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको महाधिवेशनले जारी गरेको घोषणापत्र निम्नानुसार रहेको छ ।
१. विश्व प्रभावित केरोना महामारीमा नेपाल पनि अछुतो रहन सकेन, तर नेपाल सरकार श्रमजिवीहरुको लागि स्वास्थ्य, रोजगार, राहत कार्यमा पूर्ण असफल ।
२. नेपालको ट्रेड युनियन आन्दोलन र श्रमिकका अधिकार प्राप्तिमा सरकार, व्यवस्था परिवर्तन भएपनि श्रमिकका अवस्था जहाँको तहीँ, नयाँ स्वरुपका साथ टुकोन अगाडि बढ्नेछ ।
३. सामाजिक सुरक्षा, जुन उद्देश्यका साथ ल्याइएको हो, सो बमोजिम अगाडि बढ्न नसक्नु सरकारको कमजोरी देखिन्छ । त्यसैले असंगठित क्षेत्रमा प्रभावकारी ढंगबाट समेटी लागु गर्न टुकोन क्रियाशिल रहनेछ ।
४. ७७ वटै जिल्लामा श्रमिक सूचना केन्द्र सञ्चालन गरिनेछ । खासगरि विदेश जाने श्रमिकहरुको लागि यो प्रभावकारी हुनेछ ।
५. देशव्यापी रुपमा संगठन निर्माण कार्य तिव्र गतीमा २०७८ साललाई उपयोग गर्दै क्षेत्र, वडा तहसम्म लगिनेछ र सोही बमोजिम प्रशिक्षण समेत गराईनेछ ।
६. देशव्यापी सञ्चालनमा रहेका उद्योग, कलकारखाना, होटल, म्यानपावर, सामाजिक संघ संस्थाको पूर्ण रुपमा लेखाजोखा गर्दै श्रमिकको कार्यरत स्थानको अध्ययन गर्दै निराकरणको पाइला अवलम्बन गर्नेछ ।
७. कुनैपनि क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पर्ने आपतकालिन कार्यको लागि छुट्टै कोष र उद्धार कार्य व्यवस्थापन सबै जिल्लामा स्थापना गरिने छ ।
८. अन्तराष्ट्रिय स्तरमा भाईचारा सम्बन्धलाई द्रुत गतिमा विस्तार गरि सहभागितामूलक रुपमा सहभागि गराइनेछ ।
९. नेपाल सरकार, उद्योग वाणिज्य महासंघ, सिएनआई, चेम्बर अफ कमर्स एवं सरोकारवालाहरुसँगको सम्बन्धलाई कायम राख्दै श्रमिकका अधिकारलाई सुनिश्चित गर्ने पहल गरिनेछ ।
१०. राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल नीतिलाई आत्मसात गर्दै अक्षरस रुपमा पालना गरि देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने कार्य पूर्ण रुपमा पालना गरिनेछ ।
११. ‘एक घर एक रोजगार’ नीतिलाई पार्टीसँग समन्वय गरी कार्य थालनी गरिनेछ ।
१२. जिल्ला कार्य समिति चलायमान बनाउने । मातहतका समितिलाई सक्रिय बनाउँदै जिल्लाका हरेक गतिविधीमा चनाखो हुने र केन्द्रसँग समन्वय गर्ने ।
१३. यि सबै विषयलाई मध्यनजर गर्दै आगामी हुने स्थानीय, प्रदेश, संघको निर्वाचनमा पार्टीको निर्देशन अनुसार परिचालन हुने, गराउने ।

थप जानकारी