राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु

बुधवार, ११ चैत्र २०७७ १२:५१

नयाँदिल्ली, चैत्त ११ गते । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएको छ । थपिएका मृतकसँगै कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

चौबीस घण्टाको अबधिमा ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ । कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जनामा संक्रमण सक्रिय रहेको छ । एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।

भारतमा गत् जनवरी महिनामा कोभिड विरुद्धको खोप अभियान सुरु भए यता हालसम्म करीब पाँच करोडले कोरोना विरुद्धको खोप लगाएका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा १० लाख २५ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

थप जानकारी